राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा कार्य गर्ने,ठुलो संख्यामा रोजगारी उपलव्ध गराउनुका अतिरिक्क्त राजश्व वृद्धि गराउने कार्यमा प्रमुख दायित्व निर्वाह गर्दे आएका र एकवद्ध भई कार्य गर्न अग्रसर अधिराज्य भरि छरिएर रहेका विभिन्न वस्तु वा सेवाहरुको वितरकहरु लाई एकत्रित गरि तिनीहरुको जोश जांगर र शक्तिलाई व्यवसायिक हकहित र अधिकारको संरक्षण तथा पेशागत मर्यादा कयमराख्न परिचालित गरी ,विभिन्न पेशा वर्ग व्यवसाय वा क्षेत्रका मानिसहरु विच सुसम्वन्ध,सहयोग,सद्भावना र भातृतवपुर्ण सम्वन्ध स्थापित गर्दे उत्पादक र उपभोक्ता विचको पुलको रुपमा कार्य गर्ने वितरकहरु एकवद्ध भई एक साझा मञ्चवाट सामाजिक सेवाको कार्यमा समेत अग्रसर रही कार्य पुर्ण वाञ्छनीयदेखिएको नेपाल वितरक संघको विघान २०५८ वनाईएको हो ।
ऐतिहासिक पृष्ठभूमि,
आदरणीय साधारण सदस्यज्युहरू २०५४(०५५ सालमा दुई(चार जना अधिकारीक वितरक साथीहरूको अनौपचारिक भेलाले व्यवसायिक एकताको आवश्यकता महसूस गरी सानो व्यापारिक समुहको नमांकनबाट केबल अधिकृत वितरकहरू मात्र यसमा साधारण सदस्य रहनेगरी संगठित भई संचालित हुदै आइरहेको संस्था थियो।शुरुवातिका दिनहरूमा न त यस संस्थासंग आफ्नो पहिचान सहितको कार्यलय थियो न त राज्यको कुनै नियमन निकायबाट पहिचान खुलाई मान्यता प्राप्त अनुमति पत्र नै दिईएको थियो।यसै क्रममा हाम्रा अग्रज दाजुहरूले यि सबै चिजहरूलाई मनन् गरी  अगाडी बढ्ने क्रममा यस संस्थालाई राज्यको कानुनी मान्यता सहित आफ्नो पहिचाना खोज्नु आवश्यक जरूरी  छ भन्ने महसूस गर्नु भयो सोही मुताबिक आवश्यक प्राविधिक प्रक्रियाहरू पुरा गरि २०५८ साल श्रावण २२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौबाट यस संस्थाले आफ्नो पहिचाना सहितको जन्म दर्ता प्रमाणपत्र बुझी आवश्यक काम कारबाहीको थालनी गरी धेरै आरोह(अबरोहहरू पार गर्दै आजको दिन सम्म आईपुग्यो। यि यात्राको क्रममा यस संस्थाले धेरै नै अप्ठायराहरूको सामना गर्नु पर्यो न त यो संग आर्थिक अवस्था मजबूत थियो न त यो भौतिक संस्थालाई संचालन गर्ने व्यक्ति विशेष नै थिए सिमीत सदस्यहरू बिचको आपसी सर सहयोगीबाट यो संस्था केबल जीवन्त मात्र रहँदै आयो। यसै क्रममा सरकारकद्वारा लागू व्यवसायिक नियम कानूनबाट हुन आएको व्यापारिक कारोबारको असहजतालाई सरलीकरण गर्नाका निम्ती संगठनको आवश्यकता  महसूस गरी नयाँ(नयाँ जुझारू युवा व्यवसायि सदस्यहरूको संगठन भित्र तिब्र वृद्धि आगमनले पुनः यस संस्थाले सक्रिय जीवन प्राप्त गर्यो।
आदरणीय साधारण सदस्यज्युहरू वर्तमान अवस्थामा यो संस्था आईपुग्दा यस संग थुप्रै चुनौतीहरू देखापर्न थाले। जहाँ यस संस्थाको आफ्नो कार्यपालीका भित्र संघको आवश्यकतालाई महसूस गरी अनगिन्तीरूपमा सदस्यतामा भएको वृद्धिका साथै ति सदस्यहरूको माझ देखा पर्न थालेका विभिन्न वस्तुगत समस्याहरूलाई सिमीत पदाधिकारी एंव सदस्यज्युहरू मात्र रहने केन्द्रीय समितिले पहिचाना गरी समाधान गर्न अप्ठ्यारो भएको महसूस गरियो। जस अनुसार केन्द्रले विकेन्द्रीकरणको सिद्धान्तलाई अवलम्बन गर्दै क्षेत्रीयसमितिहरूको विस्तार र त्यसको मातहतमा रहने गरी विभिन्न वस्तुगत उप(समितिहरू गठन गरी स्थानीय स्वायत्तशासनको निणर्य गर्ने सम्पुर्ण अधिकार स्थानीयपालीका नै प्रत्याजोन गरी स्थानीय स्वायत्तशासन संचालन कार्यबिधी ( २०७४ को निर्माण गरी यस संस्थाको सर्वोच्च निकाय  साधारण सभाबाट अनुमोदित हुनेगरी लागु गर्न गराउनु  हुन अनुरोध गरियो।
आदरणीय सदस्यज्युहरू यहाँहरूलाई पनी आफ्नो व्यवसायिक कारोबार गर्ने क्रममा कम्पनी अथवा आयतकर्तासंग व्यापारिक असहजता पैदा भई समस्या परेमा आफ्नो कार्यपालीका भित्रको वस्तुगत उप(समितिसंग समन्वय गरी संयमित र अनुशासित भई सौहार्द्पुर्ण वातावरणमा समस्याको समाधान गर्न हुन अनुरोध छ।
यदि स्थानीय संगठनमा परेका मुद्दाहरू त्यहॉबाट हल हुन नसके तहगतरूपमा क्षेत्रीयसमिति, केन्द्रीयसमिती हुदै यस संस्थाको छाता संगठनकोरूपमा रहेको नेपाल वितरक महासंघले पनी समाधान गर्न सक्छ।
यि सबै चिजलाई मनन् गरी यहाँहरूले पनी संघ भनेको केही होईन यसको आवश्यकता छैन केवल बर्षमा एक पटक भेला गरी अनावश्यक शुल्क लिन्छन् भन्ने जस्ता संक्रीण अर्थात संकोचीत सोचलाई हटाई आफ्नो हक अधिकारका निम्ती यसको महत्वलाई बुझी एकता(अखंडता हुन जरूरी छ भन्ने सोच विचार लिई ऐकेबध्ता जनाउनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौ।
भावि योजना र कार्य निती नियमहरू
आदरणीय साधारण सदस्यज्युहरू संघले के काम गर्यो के का र कसका  लागी संघ भन्ने यहाँहरूलाई लाग्न सक्दछ।
यी कुराहरूलाई मैले प्रष्ट पार्नु भन्दा पनी संघको केन्द्रीय कार्यलयमा रहेको अभिलेखालयबाट संघले गरेका विभिन्न काम कारबाहीहरू प्रष्ट नै हुन्छन्। हामीले यि सबै काम गरिसक्दा पनी अझ संगठनलाई मजबूत बनाउनको लागी केहि   आवश्यक पहल कदमी चाल्नु पर्ने देखीएकाले सो चिजहरूलाई हामीले भावी कार्य योजनामा राखेका छौ।
जसलाई बुंधागतरूपमा प्रस्तुत गरिएको छ।
लागु गर्ने सम्बन्धमा।
कम्पनी वा आयतकर्ताबाट वितरकलाई लागु गरिदै आएको पुरानो ढॉचाको बिल कमिशनलाई पुनरावलोकन गरी वृद्धि गराउने सम्बन्धमा।
वितरण समायअबधि भित्र दुर्घटना जोखिम वहन बीमाको अवधारणा लागु गर्ने सम्बन्धमा।
वितरण प्रणालीलाई व्यवस्थित गर्न सम्झौता बमोजीम तोकीएको कार्य र्क्षेत्र भित्र अनुशासित संयमित र मर्यादित भई काम कारबाही गराउने सम्बन्धमा।
संगठनको आर्थिक अवस्थालाई मजबूत बनाउनको लागी दीर्घकालीन आयश्रोतको व्यवस्था गर्ने सम्बन्धमा।
हामी संग सम्बंधित तेश्रो पक्षहरू जस्तै नेपाल सरकारको मातहतमा रहेका आन्तरिक राजस्व विभाग, वाणिज्य तथा आपूर्ति विभाग,ट्राफिक प्रहरी विभाग साथै वितीय संघ संस्थाहरू,उपभोक्ता मञ्च एवं विभिन्न व्यवसायिक संघ संगठनहरूसंग समन्वय गर्ने सम्बन्धमा।
सामुहिक लेखा पद्धति तालिम सहित संभव भए सम्म एकीकृत लेखापरिक्षण अवधारणा लागु गर्ने सम्बन्धमा।
सदस्यता वृद्धिलाई  बिभिन्न योजनाका साथ अगाडी बढ्ने सम्बन्धमा।
क्षेत्रीयसमितिहरूको कार्याल स्थापना गर्ने सम्बन्धमा।
समयसापक्षे मुल ऐन अर्थात बिधान सहित स्थानीय स्वायत्तशासन कार्यबिधी(२०७४ लाई संशोधन गरी संथाको सर्वोच्च निकाय साधारण सभाबाट अनुमोदित हुने गरी लागु गराउने सम्बन्धमा।
वितरकको बजार उधारो रकमको व्यवस्थित सुरक्षा सम्बन्धमा।
यि माथी उल्लेखित कार्य बाहेक यहाँहरूको राय सल्लाह र सुझावहरू अमुल्य सहयोग हुने छन् जसलाई अनुशरण गरी  नेपाल वितरक संघ केन्द्र सदैव वितरक सदस्य हक हितका लागी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त चाहान्छु।