बितरक हितमा जारी सुचना प्रक्रिया सम्बन्धि जानकारी १) NOC letter भनेको के हो ? कुनैपनी बितरकले गरिरहेको काम छोडदा वा नया काम सुरु गर्दा अपनाउने प्रक्रिया मा प्रयोग हुने चिट्ठी पत्र लाइ नो ओब्जेसन चिट्ठी (NOC letter) भनिन्छ । २) Noc letter कतिबेला प्रयोग मा आउँछ ? यो चिट्ठी कुनै पनि बितरकले काम छोडदा, आफुले काम गरेको कम्पनी वा राष्ट्रिय बितरक सङ काम कारोबार टुंगि सकि हिसाब समेत फरफारक गरिसकेपछी वा कुनै क्षेत्र आफुले काम गर्न नसकेको खण्डमा त्यो क्षेत्रमा आफुले काम नगर्ने भनी आधिकारिक प्रमाण  लिने दिने बेला यो प्रयोग मा आउँछ । ३) आफुले गरिराखेको काम को रोक्का कसरी गर्ने ? आफू सदस्य भयको संस्था को सदस्यता लिदा वा नया काम को सुरु गर्दा आफुले चिट्ठी मार्फत उक्त संस्था मा जानकारी दिनुपर्दछ ।यसरी प्राप्त निबेदन उपर बैठक बसि उक्त बितरक लाई प्राप्त भयको निबेदन अनुसार रोक्का गरिनेछ । ३)यो कसरी प्रयोग गर्ने ? कुनै बितरकले आफुले काम गरिरहेको कम्पनी वा राष्ट्रिय बितरक सङ को काम कारोबार टुंगो लगाइसकेपछी उक्त कामकारोबार टुंगियको र आफ्नो नाम मा नेपाल बितरक संघ मा रोक्का भयको उक्त कम्पनी वा राष्ट्रिय बितरक को सामानको रोक्का फुकुवा गरिपाउ भन्ने जानकारि जानकारी सहितको निवेदन नेपाल बितरक संघ मा दिनु पर्दछ । यसरी रितपुर्बक प्राप्त निबेदन उपर कार्यसमिति वा क्षेत्रीय समिती मा छलफल गरि  नेपाल बितरक संघ मा रेकर्ड राखी संघ को चिट्ठी कम्पनी लाई दिइन्छ । यसरी दिइयको चिट्ठी देखाइसकेपछी मात्र अरु नया वा सदस्य बितरक ले काम सुरु गर्नु पर्दछ । ४) NOC चिट्ठी बिना काम सुरु गर्दा के हुन्छ ? त्यसरी सुरु गर्दा एक त त्यो कम्पनी को बारेमा जानकारी हुदैन भने अर्को तर्फ पुरानो बितरक ले के कति कारण ले काम छोडेको हो जानकारी हुदैन ।यसरी सुरुगर्दा आफ्नो लगानी जोखिममा पर्ने डर त छैदैछ , आफ्नो बितरक साथीहरू बिचमा वैमनस्यता पैदा हुदा सामाजिक रुपमा दोसारोपन हुने काम हुन सक्छ । ५) के नया कम्पनी को काम सुरु गर्दा पनि NOC letter लिनु पर्छ ? नया कम्पनी वा राष्ट्रिय बितरक को सामान बिल्कुलै नया सामान हो भन्ने यकिन गरिसकेपछि त्यो कम्पनी को हकमा सुरुवाती NOC letter को जरुरी पर्दैन । तर आफुले सुरुगर्न लागेको कम्पनी को कामको भने रोक्का को जानकारी नेपाल बितरक संघ मा दिनु पर्दछ । ६) Noc Letter बिना आफ्नो काम अरु कसैले सुरु गरेको भय के गर्नुपर्छ ? पहिला त अफुले गरिराखेको काम अरु कसैले गरेको छ भने पहिला यकिन गर्नुपर्दछ । यकिन भैसकेपछी बितरकको आधिकारिक letter मा सम्बन्धित संस्था मा सम्पुर्ण कुराको जानकारी सहित निबेदन दिनु पर्दछ । यसरी रितपुर्बक प्रप्त निबेदन उपर बैठक बसि दुबै पक्छ्य लाई छलफल मा बोलाइ समस्या समाधान को प्रयास गरिनेछ